+
+

जहाज खरिद प्रकरणमा किन मुछिए जितेन्द्र देव र जीवन शाही ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १४:५६

१८ पुस, काठमाडौं । संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी खरिदमा भएको अनियमिततामा दुई पूर्व पर्यटन मन्त्री र एक पूर्व पर्यटन सचिवलाई पनि कारवाही सिफारिस गरेको छ । पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवसहित पूर्वपर्यटन सचिव शंकर अधिकारी पनि कारवाहीका लागि सिफारिसमा परेका छन् । दुबै कांग्रेस नेता हुन् ।

पूर्वमन्त्रीहरुमाथि अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालेर कारवाही सिफारिस भएको छ । तत्कालीन मन्त्री जीवनबहादुर शाहीले सार्वजनिक खरिद ऐन, २०६३ विपरीत अनियमित तरिकाले विमान खरिद कारबाही अघि बढ्दा पनि पर्याप्त सतर्कता नअपनाएको आरोप उपसमितिको छ ।

आफ्नै मन्त्रालयका सचिव नै निगमको अध्यक्ष रहँदा पनि आवश्यक निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न निर्णय गरेकोले उनले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको उपसमितिको निश्कर्ष छ । शाहीलाई कानुनसम्मत कारबाहीका लागि सिफारिस गरिएको छ ।

यस्तै पूर्वमन्त्री देवमाथि हाइफ्लाई एक्स आयरल्यान्ड कम्पनीसँग कानुनविपरीत सम्झौता भएको विषयलाई नजरअन्दाज गरेको आरोप लगाइएको छ । उनले गैरजिम्मेवार ढंगले पहिलो किस्ताबापतको रकम भुक्तानी गर्न र सटही सुविधा प्रदान गर्न मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गरेकोले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर समितिको छ ।

पूर्वपर्यटन सचिव शंकर अधिकारी र प्रेमकुमार राई (हालका गृह सचिव)लाई निगमको अध्यक्ष रहँदा जहाज खरिद प्रक्रियामा अनियमिताता गरेको समितिको ठहर छ । राईसहित पर्यटन सचिव कृष्ण देवकोटा र वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई पनि निलम्बन गर्न समितिले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?