+
+

संघकै मातहतमा रहने भन्दै लेखा कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १६:२३

१८ पुस, सप्तरी । सप्तरीका लेखा कर्मचारीले समायोजन गर्दा आफूहरुलाई संघको मातहतमा रहने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले संघको मातहतमा राख्न दवाव दिने उद्देश्यले बुधबारदेखि कामकाज ठप्प पारेका छन् ।

छिमेकी मुलुकहरुजस्तै लेखाका कर्मचारीलाई संघको मातहतमा राख्न भन्दै उनीहरुले बुधबार प्लेकार्ड टाँसेर राजविराजस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा बिहान १० देखि ४ बजेसम्म धर्ना दिएका हुन् । आफूहरुको माग पूरा नभएसम्मका लागि कामकाज ठप्प पार्ने निर्णयसमेत गरेका छन् ।

जिल्लाको बिभिन्न स्थानीय तह र कार्यालयबाट भेला भएका लेखा कर्मचारीहरुले लोक सेवा आयोगबाट जुन शर्तमा जागिर खाएको हो त्यहीं शर्तमा निजामती सेवा ऐन २०४९ र नियमावली २०५० बमोजिम संघबाटै परिचालन हुनुपर्ने उनीहरुको भनाइ छ ।

मागका सन्दर्भमा प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकमार्फत् संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा कर्मचारीहरुले ज्ञापन पत्र पठाइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?