१८ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि शुरु भएको सेयर बजारको घट्ने क्रम बुधबार पनि जारी देखिएको छ ।
आइतबार १० अंकले सोमबार १७ अंक र मंगलबार १ अंकले ओरालो लागेको सेयर बजार बुधबार ५ दशमलव ४२ अंकले ओरालो लागेको हो ।
सेयर बजार ५ दशमलव ४२ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८० दशमलव ४३ मा झरेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा झिनो सुधार आएको छ ।
दिनभर भएका १ सय ५४ कम्पनीको कारोबारबाट ७ लाख ५१ हजार ४ सय ११ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २५ करोड ७६ लाख ७ हजार १ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस अघि मंगलबार २२ करोड ८५ लाख ४३ हजार ४ सय १५ रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनीको पहिलो नम्बरमा देखिएको छ ।
चिलिमेको बुधबार २ करोड २८ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया 4