+
+

रेशम चौधरीलाई रिहा गर्नुपर्छः उपप्रधानमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १९ गते १२:३०

१९ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् ।

आफूलगायत सबैतिरबाट पहल भएपछि चौधरीलाई  सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले अनलाइनखबरलाई जानकारी दिए ।

हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने- ‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।’

जेलमा रहेका बेला चुनाव लड्नसमेत पाइने बताउँदै मन्त्री यादवले जेलमा रहेका बेला सपथ ग्रहण गर्न कानूनले नछेक्ने प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री यादवले अनलाइनखबरसँग भने- ‘जेलमा हुँदाखेरि उम्मेदवारी दिन मिल्छ, सपथ ग्रहण गर्न किन मिल्दैन ? यो कानूनमा अमिल्दो विषय होइन । जेलमा बसेर चुनाव लड्न मिल्छ भने चुनाव जितेपछि जेलमा बसेर सपथ लिन मिल्छ ।’

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अगाडि भने, ‘सपथ ग्रहण जहाँ गराए पनि हुन्छ ।’

तर, सपथ ग्रहणपछि संसदमा उपस्थित नगराई जेलमै लैजानुपर्ने कारणचाहिँ किन ? यो प्रश्नमा उपप्रधानमन्त्री यादवको जवाफ छ, ‘यो त गृहमन्त्रालयलाई थाहा हुन्छ । प्लान उसैको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?