+
+

डा. केसीको उपचारका लागि चिकित्सक टोली इलाम प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २ गते १३:२१

२ माघ, काठमाडौं । इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाई बुधबार इलाम पठाइएको हो ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा. अजय यादव मेडिसिन इमर्जेन्सी, डा. सविन भण्डारी एनएसथेसिस (आइसियू हेर्ने), ल्याव टेक्निसियन दीपेन्द्र यादव र नर्स रचनासहितको विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

मोबाइल भेण्टिलेटर, आइसियू सुविधासहित उक्त टोली इलामतर्फ गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?