+
+

उत्पादकत्व बढाउन यातायातमा लगानी : अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २९ गते १५:२१

२९ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायातको पूर्वाधार विकासमा जोड्नु दिनुपर्ने बताएका छन् ।

सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन पनि यातायातको सञ्जालमा लगानी आवश्यक रहेको उनको भनाइ छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, उर्जालगायतका क्षेत्रको उत्पादकत्व वृद्धिको लागि यातायात पुर्वाधारमा विकास गर्नुपर्छ’, उनले भने ।

मंगलबार काठमाडौंमा भएको नेपाल व्यवस्थापन संघको ३८ औं वाषिर्कोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले सबै पूर्वाधारको विकासका लागि सबै प्रकारको पुर्वाधार, सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताए ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेल्वे, मेट्रो, रापवे तथा पानीजहाजको विकासका लागि पनि काम भइरहेको बताए ।

सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा चाडैं आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने उनको भनाइ छ ।

आम नागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उनले भने, ‘त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्छ ।’

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका सत्र लक्ष्य मध्ये नवौँ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक र व्यवसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताए ।

व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएको तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?