+

इरानविरुद्ध नेपाललाई अग्रता, अनिता बस्नेतको गोल

२०७५ फागुन  १ गते १७:१३ २०७५ फागुन १ गते १७:१३
इरानविरुद्ध नेपाललाई अग्रता, अनिता बस्नेतको गोल

१ फागुन, काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा इरानविरुद्धको खेलमा नेपालले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा सुरु भएको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको हो । अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी छिन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरिन् ।

नेपालले इरानलाई पराजित गरेमा फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरान भने यसअघिका दुबै खेलमा हार्दै प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । दुबै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् ।

भारत र म्यानमारबीचको खेल पनि आजै हुदैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय