
७ फागुन, गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधीन पक्की पुल भत्कन शुरु भएको छ ।
हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीय बुद्धिमान कार्कीले बताए । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ ।
सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनियर बचन भण्डारीले पुल भत्केको विषयमा अध्ययन भइरहेको बताए ।स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण भत्कन थालेको बताएका छन् ।
विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । अहिलेसम्म ५० प्र्रतिशत कार्यसमेत सम्पन्न नभएको स्थानीयवासी रुद्रकुमार तामाङले बताए । सडक विभागको आठ करोड ७९ लाख २८ हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण भइरहेको हो ।
प्रतिक्रिया 4