Comments Add Comment

रियलका कप्तान रामोसलाई दुई खेल प्रतिबन्ध

१७ फागुन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस दुई खेलको प्रतिबन्धमा परेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रामोसलाई आगामी दुई खेलका लागि प्रतिबन्ध लगाएको हो । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आयाक्सविरुद्धको खेलमा फल गरेका कारण उनी प्रतिबन्धमा परेका हुन् ।

पहिलो लेगमा आयाक्सलाई २–१ गोलअन्तरले परािजत गर्ने क्रममा कप्तान रामोसले जानी जानी आयाक्सका खेलाडीलाई फल गरेको ठहर गर्दै युईएफएले उनलाई प्रतिबन्ध लगाएको हो ।

कप्तान रामोसले खेलको ८९ औं मिनेटमा आयाक्सका क्यास्पर डोल्बर्गलाई फल गरेका थिए । उनले फल गरेपछि रेफ्रिले पहेँलो कार्ड दिएका थिए । तर पछि यूईएफएले अनुसन्धान गर्दै प्रतिबन्धमा लगाएको हो ।

प्रतिबन्धसँगै कप्तान रामोसले आयाक्ससँग हुने दोस्रो लेगको खेल गुमाउने भएको छ । मार्च ६ तारिखमा रियलले आफ्नै खेलमा आयाक्ससँग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment