+
+

हेभी इक्वीपमेन्ट व्यवसायी संघमा साउद

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते १६:५०

२४ फागुन, कैलाली । सुदूरपश्चिमाञ्चल हेवि इक्वीपमेन्ट व्यवसायी संघको चौथो वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि लक्ष्मण साउदको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

शुक्रबार धनगढीमा भएको साधारण सभाले संघको उपाध्यक्ष चन्द्रबहादुर शाह, महासचिव दानसिंह बडैला, सहसचिव डम्मर चन्द र कोषाध्यक्षमा यज्ञराज जोशीलाई चयन गरेको हो ।

सदस्यहरुमा लोकबहादुर बलायर, खेमराज जोशी, शेरबहादुर थापा, सिद्ध ओली, ओमराज पाठक, दिल बहादुर रावल र गोरे सिंह ऐर चयन भएको संघका निवर्तमान अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष साउदले संघको जिम्मेवारी युवाहरुको काँघमा आएकाले यसलाई व्यवस्थित गरेर लैजाने बताए ।

उनले हेभी इक्युपमेन्टको मर्मत सम्भारका लागि यहाँका व्यवसायीहरुलाई समस्या रहेको भन्दै त्यसका लागि सुविधा सम्पन्न मर्मत सेन्टरका लागि आफूले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?