+
+

पोखरामा यस वर्ष पनि होली महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १८:३८

३ चैत, पोखरा । यस वर्षको फागु पूर्णिमा (होली) पर्व पनि रेस्टुरेन्ट तथा बार एसोसियसन (रेबान) पोखराले विशेष कार्यक्रम गरेर मनाउने भएको छ । पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकसँग रङको पर्व मनाउन थालेको १३ औं वर्ष भइसकेको छ ।

चैत ६ गते संस्थाले पर्यटकसँग धुमधामले महोत्सव गर्ने तयारीमा छ । संस्थाले होलीमा रङमात्रै खेलाउँदैन, पञ्जेबाजा बजाएरै रमाइलो गर्ने वातावरण मिलाउँछ । यसपटकको होलीमा पनि बाजागाजासहित पर्यटकसँग होली खेल्न महोत्सव आयोजना गर्न लागेको आइतबार संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था मिलाएका छौं,’ संस्थाका अध्यक्ष लक्ष्मण बरालले भने, ‘यसले हाम्रो पुरानो संस्कृति तथा परम्पराबारे समेत पर्यटकलाई जानकारी हुन्छ ।’ उनले बुधबार बिहान ११ बजेदेखि पञ्चेबाजासहित होली महोत्सव र्‍याली सुरु हुने जानकारी दिए ।

संस्थाले होली महोत्सव लेकसाइड केन्द्रित गरेको छ । अम्मट चौताराबाट सुरु हुने होली ¥याली गौरीघाट, बाराहीचौक, हल्लनचौक हुँदै खहरेचौकसम्म होली मनाउने योजनामा रहेको संस्थाका महासचिव गणेशबहादुर थापाले जानकारी दिए ।

होलीकै अवसरमा पोखरा सांगीतिक कलाकार संघले समेत सांगीतिक प्रस्तुति दिने भएको छ । नयाँ, पुराना ब्यान्ड तथा कलारसँग यो वर्षको होली मनाउने तयारीमा संस्था लागेको अध्यक्ष सुनिल थापाले जानकारी दिए । बुधबार ११ बजेदेखि सुरु हुने ‘पोखरा होली म्युुजिक फेस्टिबल’मा विभिन्न आधादर्जन ब्यान्ड तथा कलाकारले प्रस्तुति दिनेछन् ।

कार्यक्रममा कन्दरा ब्यान्ड, डिमर्चा ब्यान्ड, देउराली ब्यान्ड, लेकाली ब्यान्ड, विनोद बानिया, भाइ गुरुङ, प्राप्ती तुलाचन, आनन्दराज बज्रचार्य, सागर साहलगायत कलाकारको प्रस्तुति छ ।

कार्यक्रम लेकसाइड हल्लनचौकस्थित क्याम्पिङ चौरमा हुनेछ । संस्थाले होलीको रमाइलोसँगै सांस्कृतिक पर्यटन प्रवद्र्धन कार्यक्रमबाट हुने अपेक्षा राखेको छ । कार्यक्रबाट १४ लाख संकलन गरी ८ लाख बचत गर्ने लक्ष्या राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?