+
+

यी हुन् होलीका लागि प्राकृतिक रंग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते २०:२८

होलीका लागि आवश्यक सामग्री के होला त ? यसका लागि समेकसम्म प्राकृतिक रंगको व्यवस्था गरौं । फूल, पात आदिको रसबाट । चन्दन, बेसार आदिको पनि प्रयोग गरिन्छ । खेल्नुअघि सफा पानीको व्यवस्था गरौं ।

१. रातो चन्दनको लेप -यसलाई अबिर जस्तै वनाएर प्रयोग गर्न सकिन्छ । साथै चन्दनको लेपले छालामा राम्रो प्रभाव पार्छ । दुइ चम्चा चन्दनको लेपलाई पाँच लिटर पानीमा उमाल्नुपर्छ । अतः यसलाई थप २० लिटर पानीमा मिसाएर रंग वनाउन सकिन्छ ।

२. आधा कप पानीमा दुइ चम्चा बेसार राखेर थोरै चुना मिसाउनुपर्छ । त्यसमा एक लिटर पानी हालेर घोलौं । उक्त रंगीन पानी पनि होलीका लागि उपयोगी हुन्छ ।

३. संभव भए टमटर र गाजरको रसमा पानी मिसाएर रंग तयार गर्न सकिन्छ ।

४. धनियाँ र पुदिनाको पेस्टलाई पानीमा मिसाएर पनि रंग वनाउन सकिन्छ ।

साथै अबिरले पनि होली खेलिन्छ । अबिरले स्वास्थ्यमा खास हानी गर्दैन । सुख्खा अबिर शरीरबाट सजिलै हटाउन पनि सकिन्छ ।

सुख्खा रंग हटाउने विधि

१. सुख्खा अविरले मात्र खेलिएको छ भने त्यसलाई पानीले धुनुहुन्न, कपडाले पुछ्नुपर्छ ।

२. गीलो रंगलाई तुरुन्तै पुछिदिने हो भने पनि रंग जान्छ ।

३. टाउकोमा लागेको अविरलाई काइयोले कोरिसकेपछि स्याम्पु प्रयोग गरेर नुहाउनुपर्छ ।

४. सावुन दलेर नुहाउँदा पनि अविर हटाउन सकिन्छ ।

५. कसैले अविर दल्नसाथ झट्कारेर पनि हटाउन सकिन्छ ।

रंग हटाउने विधि

१. रंग विस्तारै हटाउनुपर्छ, रगड्नु हुदैन । यसले छालामा असर गर्छ ।

२. अनुहारमा लागेको रंग हटाउन पहिलो वाफ लिनुपर्छ । यसले अनुहारको रोमछिद्र एवं प्वाल खुला हुन्छ र सजिलै रंग हटाउन सकिन्छ ।

३. वाफ लिइसकेपछि क्लिजिङ मिल्कले सफा गर्नु राम्रो हुन्छ । त्यसपछि फेसवास प्रयोग गरेर अनुहार पखाल्नुपर्छ ।

४. केसमा लागेको रंग हटाउन कंडिसनययुक्त माइल्ड स्याम्पु प्रयोग गर्नुवपर्छ ।

५. रंग हटाउन पेटेल स्पिरिट प्रयोग गर्नु हुन्न । त्यसले छालालाई रुखो वनाउँछ ।

घरेलु उपाय

१. वेसनमा कागती र दुध मिसाएर पेस्ट वनाउने, त्यसलाई छालामा लगाएर दस पन्ध्र मिनेट त्यसतीकै छाड्ने र धुने ।

२. मुलाको रस निकालेर त्यसमा दु, वेसन तथा मैदाको मिश्रण वनाउने । यस्तो मिश्रण लगाएर सफा गरेपछि छालामा चमक आउँछ ।

३. केसमा रंग भए राम्रोसँग केस झट्कार्ने । त्यसपछि वेसन तथा दहीले केस पखाल्नु पर्छ ।

४. नङमा लागेको रंग हटाउन कागती प्रयोग गर्न सकिन्छ ।

रंगको रासयनिक असर

रंग केमिकल असर
कालो लेड अक्साइड       किड्नी ड्यामेज
हरियो कपर सल्फेट आँखाको एलर्जी, ब्लाइन्डनेस्
वैजनी क्रोमियम आयोडाइड एलर्जी
सिल्भर एल्मुनियम व्रोमाइड क्यान्सर
निलो प्रशियन व्लू छालाको एलर्जी
रातो मर्करी सल्फेट छालाको क्यान्सर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?