+
+

अन्सारीले लिए मुस्लिम आयोग अध्यक्षको सपथ

संसदीय सुनुवाईले निर्णय दिन नसकेपछि सिधै नियुक्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते १३:०३
Photo Credit : राष्ट्रपति कार्यालय

७ चैत,काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले निर्णय दिन नसकेपछि मुस्लिम आयोगको अध्यक्षमा समिम मिया अन्सारीले सपथग्रहण गरेका छन् ।

नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरीलाई संसदीय समितिले टुंगो लगाउन नसकी सिफारिसको ४५ दिन कटेकाले अन्सारी स्वतः नियुक्त भएका हुन् ।

संविधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाई समितिले स्वीकार वा अस्वीकारको निर्णय ४५ दिनभित्र दिनुपर्छ । तर अन्सारीको मामिलामा नेकपाभित्रै विवाद भएपछि संसदीय समिति अनिर्णित भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारी सहित पाँचवटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधान बमोजिम नियुक्त गरेपछि विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथग्रहण गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी,मधेशी आयोगका अध्यक्ष बिजयकुमार दत्त र थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीले सपथ्रहण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?