+
+

वैदेशिक रोजगार विभागमा १७ हजार घुस लिने प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १८:२६

२० चैत, काठमाडौं । काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षाका लागि खटिएका एक प्रहरी जवान १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई विभागमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृति लिने सिलसिलामा सेवाग्राहीसँग १७ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरीले अख्तियारको टंगालस्थित कार्यालयमा बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?