+
+

यूनाइटेड सिमेन्टसले पायो ‘आईएसओ’ सर्टिफिकेट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १२:३३

४ बैशाख, काठमाडाैं । यूनाइटेड सिमेन्टसले इन्टरनेश्नल सर्टिफिकेशन सर्भिस (आइसिएस)बाट आइएसओ ९००१ः२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम तथा आइयोएस १४००१ः२०१५ (इन्भाइरोमेन्टल म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र (सर्टिफिकेट) प्राप्त गरेको छ।

यूनाइटेड सिमेन्टस केएल दुगड ग्रुप अन्तर्गतको संस्था हो।अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएकाले वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।

सिमेन्टसको आºनै चुनढुङ्गा खानी ललितपुरको लेलेमा छ भने  फ्याक्ट्री नौबिसेमा रहेको छ। यूनाइटेड सिमेन्टसले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?