
काठमाडौं । उपत्यका जात्रामय भएको छ । एउटा जात्रा सकिन नपाउँदै अर्को जात्रा सुरू भइसक्छ । तर, हाँडीगाउँको जात्रा भने विशेष छ ।
नेपाली उखान नै छ, कहिँ नभएको जात्रा हाँडीगाउँ । हाँडीगाउँमा हुने त्यस्तै जात्रा मध्ये एक हो, गहना खोज्ने जात्रा ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।
चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ।भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।
प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी भाटभटेनीले राति नै र्फर्किएको भन्ने आख्यान पाइन्छ, जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ ।
बलि दिइएको राँगाको रगतले नुहाएका पोडे (द्यलाः ) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा)को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदा का दिन हुने गर्छ । टुडालदेवी मन्दिरको पूजारी अधपि पोडे (द्यलाः)जातको हुने गर्दछ ।
त्रयोदशीको राति भाटभटेनी (मपता अजिमा )लाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ । जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।
प्रतिक्रिया 4