+
+

प्रभु बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टर सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १७:४३

१३ बैशाख, काठमाडौँ । प्रभु बैंकले शुक्रबारदेखि काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा रहेको शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवर्द्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आफ्नो एक्स्टेन्सन काउण्टर खोली सञ्चालनमा ल्याएको हो ।

कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जीवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको छ ।

यसअन्तर्गत बैंकले अन्नवाली, तरकारी बाली, चिया/कफी, फलफूल तथा पुष्प खेती, पशुपालन/पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको नायव महाप्रबन्धक मनिराम पोखरेलले जानकारी दिए ।

आजदेखि सञ्चालनमा आएको बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?