+
+

‘मेरो सेयर’ नचल्दा आईपीओ भर्न समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १३:४३

२० वैशाख, काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमा समस्या आउदा साधारण सेयर भर्न समस्या देखिएको छ । मेरो सेयर सफ्टवेर लग इन नै नहुने र बल्लतल्ल भएको लग इन पनि आईपीओे भर्दा ‘फेल’ हुने गरेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज शुक्रबार अन्तिम दिन हो । घर वा अफिसमै बसेर आईपीओे आवेदन गर्न लगानीकर्ताहरुले प्रयोग गर्ने गरेको मेरो सेयर सफ्टवेरमा देखिएको समस्याका कारण लगानीकर्ताहरु हैरानीमा परेका छन् ।

यस अघि पनि चार कम्पनीको आईपीओे भर्ने लगानीकर्ताको चापका कारण मेरो सेयरमा समस्या देखिएको थियो । जसका कारण तोकिएकै मितिमा लगानीकर्ताले साञ्जेन र सुवागढी जलविद्युत तथा गणपति र नेपाल एग्रो लघुवित्तको आईपीओे भर्न लगानीकर्तालाई समस्या भएको थियो ।

लगानीकर्ताको गुनासो पछि नेपाल धितोपत्र बोर्डले आईपीओे आवेदन गर्ने समय थप गरेको थियो । उता सीडीएससीका सीईओ देवप्रकाश गुप्ताले भने सफ्टवेयरमा कुनै त्यस्तो समस्या नरहेको दावी गरे ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यहाँ हाम्रो सफ्टवेयरमा कुनै त्यस्तो समस्या छैन, इन्टरनेटको कारणले पनि यस्तो समस्या आउन सक्छ, चेक गर्नुहोस् ।’ उनले हाल त्यस्तो समस्या नदेखिएको दाबी गर्दै थप समस्या आए सीडीएससीमा खबर गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?