+
+

सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १७:१०

२० वैशाख, काठमाडौं । सरकारले सबै किसिमका आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्न जोड दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने घोषणा गरेको हो ।

सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक कारोबार पारदर्शी बनाउन सरकारले बैंकिङ प्रणालीलाई प्राथमिकता दिएको बताइन् ।

उनले हरेक नेपालीको बैंक खाता अभियानलाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी दिइन् ।

सरकारले नयाँ वर्षको अवसर पारेर गत वैशाख १ गते नै हरेक नेपालीको बैंक खाता अभियान शुरु गरिसकेको छ । राजधानीमै भव्य समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अभियान उद्घाटन गरेका थिए ।

अभियान अन्तर्गत कुनै पनि वाणिज्य बैंकमा खाता खोल्दा सम्बन्धीत बैंकले नै एक सय रुपैयाँ खातामा खहालिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?