
२३ वैशाख, वीरगञ्ज । बारामा प्रतिबन्धित लागूऔषध ओसार पसारमा संलग्न र लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका ७ बडकी फुलबरिया बस्ने १८ बर्षका अखिलेश प्रसाद यादव र कलैया उपमहानगरपालिका ७ का रबिनकुमार पासवान रहेका छन् ।
वैशाख २२ गते गते बिआर ०५ क्यु ३६४७ नम्बरको मोटरसाइकलमा भारतबाट प्रतिबन्धित औषधी ल्याउँदै गर्दा यादव पक्राउ परेका हुन् । उनको साथबाट नेपालमा प्रतिबन्धित विभिन्न प्रकारका औषधी बरामद भएको प्रहरीले जनाएको छ ।
औषधीसहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि यादवलाई औषधी व्यवस्था विभाग वीरगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।
त्यसैगरि बारा प्रहरीले लेनदेन मुद्दामा फरार रविन पासवानलाई पक्राउ गरेको हो । आइतबार गाउँबाटै फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको थियो । सम्बन्धित व्यक्तिलाई तिर्नुपर्ने रकम चुक्ता गरी पासवान छुटेको प्रहरीले जनाएको छ ।
यसैबीच बारामा प्रहरीले विभिन्न मितिमा बरामद गरेको २ हजार ५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रतिक्रिया 4