
२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् ।
गत वर्ष छोराप्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।
सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् ।
उनीहरुले विवाहमा झैं एकअर्कालाई माला लगाइदिए । कार्यक्रममा पञ्जेबाजा समेत बजाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4