+
+

‘दमदार जेसीबीको शानदार उपहार’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १९:४६

३१ बैशाख, काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । यो नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थि्र डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी थि्र डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउँदै आएको छ । जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रुपमा पुर्‍याउन एमएडब्लु अर्थमुभर्सले फाइनान्स, न्युनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसी जस्ता सुविधा उपलब्ध गराएको छ । यी मेसिनहरु ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध छन् ।

देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, १३ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?