+
+

 पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा अदालतमा बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते १८:२२

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।

अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मनु भएका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२  मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?