+
+

करारमा कर्मचारी भर्ना बन्द गर्न ट्रेड युनियनको माग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ जेठ २३ गते १८:५३

२३ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले अस्थायी, ज्यालादारी र करारमा कर्मचारी भर्ना बन्द गर्न माग गरेको छ ।

सत्तारुढ नेकपाका नेताहरुले मुख्यसचिवसमेत करारमा राख्नुपर्ने अभिव्यक्ति दिएको केही दिनपछि ट्रेड युनियन नेताहरुले अस्थायी कर्मचारी भर्ना बन्द गर्न माग गरेका हुन् । केही दिनअघि राज्य व्यवस्था समितिमा भएको छलफलमा नेकपा सांसद जनार्दन शर्माले मुख्यसचिव पनि करारमा नियुक्ति गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

‘संसदको राज्य व्यवस्था समितिमा भएका गतिविधिबारे हामी सबै भुक्तभोगी छौं । त्यहाँ नेताहरु करारमा कर्मचारी बढाउँ भन्नुहुन्छ’, बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले भने, ‘हामी भन्छौं– करारमा कर्मचारी लिने प्रक्रिया बन्द गरौं ।’

करारका कर्मचारीलाई एक पटकका लागि लोकसेवा आयोगको प्रक्रिया पूरा गरी उमेर हद नलाग्ने गरी स्थायी बनाउन र त्यसपछि करारमा कर्मचारी नै नलिन ट्रेड युनियनको सुझाव छ ।

ट्रेड युनियनले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई संघमा सरुवा हुने व्यवस्था गर्न पनि माग गरेको छ । ट्रेड युनियनले संघ, प्रदेश र स्थानीय तीन वटै तहका निजामती कर्मचारी सेवासँग सम्बन्धित ऐनहरुमा आधिकारिक ट्रेड युनियन र राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको व्यवस्था गर्न माग गरेको छ ।

यस्तै, तलब आयोग गठन गर्न पनि माग गरिएको छ । ‘आधिकारिक ट्रेड युनियनको प्रतिनिधिसमेत रहने गरी नेपाल सरकारले ऐन/नियमावलीसहितको व्यवस्थामा तलब आयोग गठन गरी कर्मचारीहरुको सेवा, सुविधालाई समयाअनुकुल प्रभावकारी बनाइयोस्’ पत्रकार सम्मेलनमा वितरित पत्रमा भनिएको छ ।

यो पनि पढ्नुहोस् :  ट्रेड युनियन अध्यक्षको चेतावनी : जनप्रतिनिधिको हुकुमी शैली स्वीकार्य छैन

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?