
२ असार, दुल्लु (दैलेख) । ठाटीकाँध गाउँपालिका-३ बहाँकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए ।
घाइतेमध्ये ठाटीकाँध गाउँपालिका-४ का जीप साहु ३० वर्षीय लोकेन्द्रबहादुर शाही, सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही, ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4