
Photo Credit : नारद कोहार
३ असार, बुटवल । पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।
स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
उनीहरु १८ वर्षदेखि २२ वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।
दिउँसोको समयमा गर्मी छल्न गएका युवकहरु पौडी खेल्न नजानेका कारण नदिमा डुबेको आशंका गरिएको कपिलवस्तु प्रहरी प्रमुख दीप शमशेर जबराले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4