
५ असार, काठमाडौं । डेभिड वार्नरको रेकर्डसँगै विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य दिएको छ ।
नोटिङघममा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्यो । एरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरे । कप्तान फिन्च ५३ रनमा आउट भए ।
त्यसपछि उस्मान ख्वाजाले वार्नरसँग उत्कृष्ट साझेदारी गरे । दुबैले दोस्रो विकेटका लागि १९२ रनको साझेदारी गरे । यसक्रममा वार्नरले २०१९ को विश्वकपमै सर्वाधिक व्यक्तिगत रनको रेकर्ड बनाए । उनले १६६ रनको पारी खेले ।
यो साझेदारी टुटेपछि भने अष्ट्रेलियाले लगातार तीन विकेट गुमायो । ग्लेन म्याक्सवेल ३२, मार्क्स स्टोनिस १७ र स्टिभ स्मिथ मात्र १ रनमा आउट भए ।
अन्तिम ओभर खेल्नु अघि केहीवेर पानीले खेल रोकियो । पानी रोकिएपछि अन्तिम ओभर खेल्दै अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो ।
प्रतिक्रिया 4