
२७ असार, काठमाडौं । बिहीबार रातिदेखि परेका अविरल वर्षका कारण मुलुकभरका अधिकांश क्षेत्र जलमग्न बने ।
राजधानी काठमाडौंमै सबैभन्दा बढी मानवीय क्षति भयो । मुलपानीमा ३ जनाले पहिरोका कारण ज्यान गुमाए । वर्षाका कारण राजधानीका आपर्टमेन्टहरु पनि जलमग्न बने ।
कुलेश्वरको ओरियन्टर र कुलेश्वर कोलोनीमा मान्छे नै डुबाउने पानी जमेपछि सशस्त्र प्रहरीको टोली डुंगा नै लिएर उत्रियो । अपार्टमेन्टका सर्वसाधारणको सामान, ग्यास लगायतका सामग्री पनि पानीले बगाएको थियो ।
सवारीसाधान पनि डुबेका थिए । प्रहरीले त्यहाँबाट उद्दार गरेर मानिसहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।
हेर्नुस् तस्वीरहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4