२८ असार, काठमाडौं । अष्ट्रेलिया, न्यूजल्याण्ड, अमेरिका, यूके, फ्रान्स लगायतका विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्र्तराष्ट्रिय शिक्षाका बारेमा विगत २८ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको ग्लोवल रिच नेपालको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ ।
आगामी साउन ४ गते शनिबारदेखि इन्टर स्कुल ए–लेभल फुटसल टुनामेण्ट हुने भएको हो ।प्रतियोगितामा काठमाण्डौ उपत्यकाका १६ वटा ए–लेभल स्कूल सहभागीहुनेछन् । एक दिने उक्त प्रतियोगिता ढुकु फुटसलहव, बालुवाटारमा हुने बताइएको छ ।
यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने भएकाले पनि आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
प्रतियोगिता लिग नकाउटका आधारमा खेलाइने कुरा बताइएको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार प्रतियोगिमा प्रथम हुनेले ट्रफि र प्रमाणपत्र पाउने छन् भने दोश्रो हुनेले रनरअफ ट्रफि र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगिता सहभागिता जनाउने स्कूलहरु ः
एस ए–लेभल एकेडेमी । बानेश्वर, काठमाडाैं
ब्रिटिस मोडलकलेज । झम्सीखेल, ललितपुर
बुढानीलकण्ठ स्कुल । बुढानीलकण्ठ, काठमाडाैं
क्यापिओन एकेडेमी । लगनखेल, ललितपुर
चेल्सी इन्टरनेशनल एकेडेमी । नयाँबानेश्वर काठमाडाैं
ग्लोबलकलेज इन्टरनेशनल । कमलादी, काठमाडाैं
जेम्स इन्ष्टिच्यूट अफहाइयर एजुकेशन । धापाखेल, ललितपुर
काष्ठमाण्डप ए–लेभल एकेडेमी । मन्डीखाटार, काठमाडाैं
लिटिल एन्जल्स कलेज । हात्तिवन, ललितपुर
मल्पी इन्ष्टिच्यूट । सुवर्णशम्सेर मार्ग, काठमाडाैं
नामीकलेज । जोरपाटी, काठमाडाैं
ओरियन्ट कलेज । बाँसबारी, काठमाडाैं
रातो वंगाला स्कूल । पाटनढोका, ललितपुर
रुपीज् इन्टरनेशनल स्कुल । ताहाचल, काठमाडाैं
सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडाैं
ट्रिनिटि इन्टरनेशनलकलेज । डिल्लीबजार, काठमाडाैं
प्रतिक्रिया 4