+
+

काठमाडौंमा मनाइयो विश्व आदिवासी दिवस (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ साउन २४ गते १७:४६

२४ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । २५ औं विश्व आदिवासी दिवसको नारा छ ‘आदिवासीका भाषाहरू’ ।

नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष आन्दोलनका रुपमा दिवस मनाउने घोषणा गरेको छ । शुक्रबार आदिवासी जनजाति समुदायले भृकुटीमण्डपबाट सुरु गरेको र्‍याली त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा आई सभामा परिणत भएको थियो ।

आदिवासी जनजाति  समुदायले परम्परागत साँस्कृतिक पोशाक लगाएर ‍र्‍यालीमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?