
पाचन प्रणालीमा शरीरका केही भित्री अंग हुन्छन्, जो एक नलीको माध्यमले एक अर्कासँग जोडिएका हुन्छन् । पाचन तन्त्रमा मुखदेखि मलद्वारसम्म केही अंगहरु हुन्छ, जसमा भोजन नली, पेट र सानो एवं ठूलो आन्द्रा सामेल हुन्छ । यसका साथै पाचन प्रणालीमा कलेजो, पित्ताशयको थैली, अग्नाशय हुन्छ । किनभने यी सबैले भोजन पचाउनका लागि पाचन रस निर्माण गर्छ । पाचन तन्त्रले शरीरमा आवश्यक पोषक तत्वलाई अवशोषण गर्न मद्दत गर्छ र अनावश्यक पदार्थ शरीरबाट बाहिर निकाल्छ ।
पाचन तन्त्रसँग जोडिएको कुनै पनि अंगमा केही समस्या भएमा त्यसलाई पाचन रोग भन्ने गरिन्छ । पाचन रोग भएपछि छाती पोल्ने, इन्फ्लेमेटरी बाउल डिजिज र इरिटेबल बाउल सिन्ड्रोम आदि समस्या देखापर्छ । पाचन प्रणालीसँग जोडिएका धेरै समस्याहरु छन् ।
केही लक्षण यस्ता हुन्छन् जो पाचन तन्त्रका रोगको संकेत, जस्तो- कब्जियत, पखाला, दिसामा रगत, निल्न कठिन आदि पर्छ । पाचन प्रणालीसम्बन्धी गम्भिर वा सामान्य रोगको पहिचान गर्न सक्नुपर्छ । यसका लागि चिकित्सकले रगत परीक्षण, एक्सरे, इन्डोस्कोपी जस्ता परीक्षण गर्छन् र सुझाव दिन्छन् ।
पाचन तन्त्रको रोगमा केही औषधीसँगै जीवनशैली परिवर्तन गर्नुपर्ने सुझाव दिइन्छ ।
पाचन तन्त्रको रोगको प्रकार
पाचनसम्बन्धी केही समस्या र रोगको समूहलाई पाचन तन्त्र विकार वा पाचन तन्त्रको रोग भन्ने गरिन्छ । कलेजो, पेट, पित्तासय, अग्नासय, सानो आन्द्रा, कोलनसँग जोडिएको समस्यालाई पाचन तन्त्रको रोग भनिन्छ ।
पाचन तन्त्रमा निम्न रोग सामेल छन् ।
-कब्जियत
-पायल्स
-एनल फिसर
-इरिटेबल बाउल सिन्ड्रोम
-अल्सरेटिभ कोलाइटिस
-पित्तको पथरी
-सिलिएक रोग
-क्रोन रोग
के हुन्छ लक्षण ?
-पखाला लाग्छ, कब्जियत हुन्छ । मल त्याग गर्ने बानीमा परिवर्तन हुन्छ ।
-खाना खानुअघि वा खाइसकेपछि पेट दुख्छ ।
-पेट फुलिनु वा पेटमा ग्यास बनिरहनु ।
– बान्ता हुनु ।
-छातीमा जलन महसुस हुनु ।
-खाना नपच्नु ।
-निल्न कठिनाइ वा दुखाइ हुनु ।
-भोक कम लाग्नु ।
-कालो दिसा आउनु ।
-दिसामा रगत आउनु ।
-दिसा गर्दा दुख्नु ।
-थकाई महसुस हुनु ।
चिकित्सककहाँ कहिले जाने ?
नियमित रुपले केही दिनसम्म पखाला लागिरहेमा चिकित्सककहाँ जानुपर्छ । यसैगरी लगातार तौल घटिरहेमा पनि चिकित्सकलाई देखाउनुपर्छ । दिसामा रगत देखिएमा, पेटको दुखाई चर्को भएमा पनि चिकित्सकलाई देखाउनुपर्छ ।
किन हुन्छ पाचन तन्त्रको रोग
पाचन तन्त्रको रोग लाग्नुको पहिलो कारण खराब खानपान हो । आवश्यक्ताभन्दा बढी खानपानले पनि पाचन यन्त्रलाई बोझिलो बनाउँछ । शरीरले नपचाउने कमसल, खराब खानेकुराले पाचन यन्त्रमा समस्या निम्त्याउँछ ।
अनियमित खानपानले पाचन रोग लाग्छ । खाने तालिका नियमित नहुँदा, मल त्याग गर्ने तालिका नियमित नहुँदा पनि पाचन यन्त्रमा रोग लाग्छ ।
चिल्लोचाप्लो, तारेको, भुटेको, मसलेदार खाना सेवन गर्ने, फाइबरयुक्त खाना नखाने, पर्याप्त पानी सेवन नगर्ने आदि बानीले पनि पाचन रोग लाग्छ ।
त्यससँगै निष्कृय जीवनशैली रोगको अर्को कारण हो । व्यायाम नगर्ने, योग नगर्ने, दिनभर आराम मात्र गरेर बस्ने बानीले पनि पेटको रोग निम्त्याउँछ ।
प्रतिक्रिया 4