
काठमाडौं । विपक्षी नेताहरुको प्रतिनिधिमण्डल लिएर भारत प्रशाशित कश्मीर पुगेका कांग्रेस नेता राहुल गान्धी श्रीनगर विमानस्थलबाट बाहिर निस्कन पाएनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुलाई दिल्ली फिर्ता पठाइएको छ । यो डिफेन्स एयरपोर्ट भएको भन्दै सञ्चारकर्मीहरुलाई समेत जान रोक लगाइएको थियो ।
प्रतिनिधिमण्डलमा कांग्रेस नेता गुलाम नबी आजाद, आनन्द शर्मा, सीपीएमका महासचिव सीताराम येचुरी, डीएमकेका नेता तिरुची शिवा, शरद यादव, टीएमसीका नेता दिनेश त्रिवेदी, सीपीआईका महासचिव डी राजा लगायत थिए ।
उनीहरुले स्थानीयका साथै पार्टीका नेताहरुसँग भेट्न चाहेका थिए तर विमानस्थलबाटै फर्काइएको छ ।
भारतीय संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएपछि जम्मू कश्मीरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजन गरिएको छ । त्यहाँ टेलिफोन, मोबाइल, इन्टरनेट लगायत सबै सञ्चार सुविधा बन्द छ र धारा १४४ लागू गरिएको छ ।
प्रतिक्रिया 4