
७ भदौ, जनकपुरधाम । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय लम्बिने भएको छ ।
दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराइसकेका छन् । त्यसलाई निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो ।
तर बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाकाअनुसार अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रदेश २ को नामांकरणका लागि चार नाम प्रस्ताव भएको छ । सत्तासिन समाजवादी-राजपाले संयुक्त रुपमा ‘मधेश’ नाम प्रस्ताव गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी र नेपाली कांग्रेसले मिथिला-भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । कांग्रेसका केही सांसदले प्रदेशको नाम ‘मध्य-मधेश’ राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेशको स्थायी राजधानीबारे पनि चार प्रस्ताव छन् ।
प्रतिक्रिया 4