+
+

बैंकिङ कसूर मुद्दामा बयान दिन कर्णालीका पूर्वमन्त्री खत्री अदालत हाजिर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १३:३०

१८ भदौ, काठमाडौं । बैंकिङ कसूरसम्बन्धी एक मुद्दामा बयान दिन कर्णाली प्रदेशको मन्त्रीबाट हालै बर्खास्तीमा परेका खडक खत्री उच्च अदालत पाटनमा हाजिर भएका छन् ।

कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कामु प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएका थिए ।

गत साउन २८ गते उच्च अदालतले खत्रीलाई ३ दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर, उनी बुधबारमात्र हाजिर भएका हुन् ।

उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीले खत्री हाजिर भएको र बयान सुरु भएको बताए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान भइरहेको छ ।

कृषि विकास बैंक भोजपुरबाट एक करोड ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टीको पत्र खत्रीसहित ५ जनाले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीहरुविरुद्ध बैंकिङ कसूरको मुददा चलेको हो ।

बैंकिङ कसूरको आरोप लागेपछि खत्रीको मन्त्री पद पनि गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?