
१८ भदौ, बुटवल । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ ।
दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको ज्यान गएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4