+
+

एनआरएन चीनको अध्यक्षमा प्रदीप न्यौपाने चयन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते ११:२७

२३ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ चीनको नयाँ कार्यसमिति चयन भएको छ । ग्वान्जौमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले प्रदीप न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा सुशील बेल्बासे र खुश्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री (ओम), दुई सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्ष रन्जिता आचार्य, सहकोषाध्यक्ष बलराम तामाङ्ग (लामा), महिला संयोजक सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा तुलसी न्यौपाने, संदिप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह छन् ।

चीनको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा नवीन वि.क. निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वेइजिङ्गस्थित नेपाली दूतावासका मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन सुशीलकुमार लम्साल, संस्थाका अध्यक्ष सुदेशकुमार झा, महासचिव डा. केसी, ग्वान्जौस्थित महाबाणिज्य दूतावासका कार्यबाहक महाबाणिज्यदूत कुन्जन शाह, गैरआवासीय नेपाली संघ केन्द्रीय सल्लाहकार प्रितम श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

महाधिवेशनबाटै आईसीसी सदस्य अमृता थापाले संघको केन्द्रमा पनि एनआरएन चीनको प्रतिनिधित्व गर्दै एशिया प्रशान्त क्षेत्रीय महिला सहसंयोजक (डीआरसी)मा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?