+
+

प्रभु बैंकको शाखा सुनसरीको कालाबञ्जरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १९:५७

२३ भदाै, काठमाडाैं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरे ।

कार्यक्रममा नगरप्रमुख निलम खनालले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?