+
+

खोटाङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १३:४९

२५ भदौ, काठमाडौं । खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाउने मझुवागढी नगरपालिका-५ कटुवाल टोलका २५ वर्षीय दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?