
कुनै पनि वैवाहिक समारोह होस् अथवा पार्टी, मेकअप गर्नु हरेकका लागि अति नै अनिवार्य हुन्छ । तर, घरमै मेकअप गर्नका लागि केही त्यस्ता आवश्यक चिजहरु नभईहुँदैन । जुन मेकअप किटमा हुनु अनिवार्य हुन्छ ।
यो सँग-सँगै यदि तपाईंको विवाहको मिति नजिकिरहेको छ र तपाईंले आफ्ना लागि मेकअप किट किन्ने योजना बनाउनुभएको छ भने केही कुराहरुमा ध्यान दिनु जरुरी छ । मेकअप किटमा के-के कुरा हुन्छ र के-के कुरा हुँदैन भन्ने बारेमा तपाईंलाई जानकारी नै नहुन सक्छ । आज हामी तपाईंहरुलाई मेकअप किटमा के-कुरा हुनुपर्छ भन्ने बारेमा जानकारी दिँदैछौं ।
प्राइमर
मेकअपलाई लामो समयसम्म टिकाइरहनका लागि प्राइमरलाई आफ्नो मेकअप किटमा राख्न बिर्सनु हुँदैन । यसले छालाको टोनलाई हल्का परफेक्ट देखाईदिन्छ । जसका कारण तपाईंको छाला कोमल तथा हराभरा देखिन्छ ।
बीबीरसीसी क्रीम
यदि तपाईंलाई फाउन्डेसन लगाउनु छैन भने त्यसको ठाउँमा तपाईंले बीबीरसीसी क्रमीको प्रयोग गर्न सक्नुहुनेछ । यसले फाउण्डेसनले झैं काम गर्नुका साथै अनुहारलाई पनि हराभरा बनाईराख्छ ।
गाजल
आँखालाई उत्कृष्ट देखाईदिनका लागि गाजलको प्रयोग अति नै अनिवार्य मानिन्छ । तपाईंको मेकअप किटमा कालो तथा चारकोलको ग्रे रंगको गाजल हुनुपर्छ । यसले हरेक किसिमको पहिरनसँग मेल खाने गर्छ ।
बेसिक आईस्याडो
आँखालाई सुन्दर देखाउनका लागि ब्यूटी किटमा बेसिक आइस्याडो पनि अनिवार्य रुपले राख्नुपर्छ । मेकअपका लागि धेरै प्रकारका सेड्सहरु बोकिरहनु पर्दैन, केही आधारभुत रंगका आईस्याडो आफूसँग राख्न सकिन्छ । त्यस्ता आई स्याडोहरु हरेक अवसरमा प्रयोग गर्न सकिन्छ ।
ओठका लागि
ब्यूटी किटमा ओठलाई सुन्दर बनाउनका लागि लिपस्टिक, लिप लाइनर तथा लिप बाम राख्नुपर्छ । नयाँ दुलहीले त रातो, मरुन तथा खैरो रंगका लिप कलर पनि राख्नुपर्छ । लिपस्टिक लगाउनुभन्दा पहिला लिप लाइनर लगाउनुपर्छ । त्यसले लिपस्टिक फैलन पाउँदैन ।
जेल आईलाइनर पेन्सिल
नयाँ दुलहीले विभिन्न धार्मिक कार्यहरु तथा रीतिरिवाजहरुमा समेत सहभागी भईरहनुपर्छ । त्यस्तो बेला आफूसँग जेल आईलाइनर पेन्सिल राख्नु राम्रो मानिन्छ । त्यसले तपाईंले केही सेकेण्डमै सजिलैसँग आँखामा लाइन लगाउन सक्नुहुन्छ ।
नेल पेन्ट
दुलहीको हात तथा खुट्टामा रातो रंगको नङ पालिस नै राम्रो देखिन्छ । त्यस्तो बेला रातो रंगको नङ पालिसलाई तपाईंले आफ्नो मेकअप बक्समा सधैं राख्नुपर्छ । यो प्रशाधन तपाईंको देखाईको लागि पनि निकै आवश्यक हुन्छ ।
प्रतिक्रिया 4