+

तस्वीरमा नेपाल र एमसीसीको टी-२० म्याच

२०७६ कात्तिक  २३ गते १७:५८ २०७६ कात्तिक २३ गते १७:५८
तस्वीरमा नेपाल र एमसीसीको टी-२० म्याच

२३ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को लिगेसी टुर नेपाली क्रिकेटरहरका लागि एक्पोजरका रुपमा जति फलदायी रहृयो, रिजल्टका हिसाबले त्यति नै निराशाजनक ।

यू-१९ र सिनियर टिमले गरेर कुल चार खेल खेल्यो, जसमध्ये तीनमा हार व्यहोर्दा एउटा मात्र जित्यो । पहिलो खेलमा यू-१९ ले हार व्यहोरेपनि लोभलाग्दो प्रदर्शन गरेको थियो । यस्तै सिनियर टिमले एकदिवसीय म्याच जितेको थियो भने तीन दिवसीय र टी-२० मा कमजोर प्रदर्शन गर्दै हार व्यहोर्‍यो ।

लिगेसी टुरको अन्तिम खेल टी-२० थियो ।नेपालले सिनियर र जुनियर गरी मिश्रति टिम बनाएर रोहित पौडेलको कप्तानीमा खेलायो । तर १ सय १३ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल शनिबार परेकाले दर्शकहरुको भने उलेख्य संख्यामा उपस्थिति थियो ।

अब एमसीसीको टोली पोखरा भ्रमण गर्नेछ । त्यहाँ एमसीसीले आमन्त्रण-११ र मुख्यमन्त्री-११ सँग दुई टी-२० म्याच खेल्नेछ ।

लेखक
चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय