+

एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

२०७६ कात्तिक  २३ गते १४:०१ २०७६ कात्तिक २३ गते १४:०१
एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

२३ कात्तिक, काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो ।

एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । त्यस्तै सन्दीप जोराले १६ रन बनाउँदा भीम शार्कीले १३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि विल्ली गोड्लम्यानले सर्वाधिक ५४ रन बनाउँदा एबडी योङले ४२ रन बनाए ।

बलिङतर्फ नेपालका राशिद खानले तीन विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय