+

आहा ! मनै लोभ्याउने ज्याकाराण्डा (फोटो/भिडियो)

२०८३ जेठ  २ गते १४:०५ २०८३ जेठ २ गते १४:०५

उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।

आहा ! मनै लोभ्याउने ज्याकाराण्डा (फोटो/भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपत्यकाका सडकहरू अहिले ज्याकाराण्डाको बैजनी फूलले रंगिएका छन्।
  • काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल र दरबारमार्गमा ज्याकाराण्डा फुलेको छ।
  • ललितपुरको सातदोबाटो–बल्खु सडकमा पनि ज्याकाराण्डाको गुलजार देख्न सकिन्छ।

२ जेठ, काठमाडौं । उपत्यकाका सडक यतिबेला ज्याकाराण्डाले रंगीन छन् । बैजनी रंगले बसन्तयाममा झन् बढी मादकता थपेको छ ।

उपत्यकाको पुरानो प्रेमी ज्याकाराण्डाले सडक किनार, पार्क र कार्यालय परिसर ढकमक्क छन् । यसको सुन्दरताको सधैं प्रशंसा हुने गरेको छ ।

काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग लगायत क्षेत्रमा ज्याकाराण्डा ढकमक्क फुलेको छ । ललितपुरको सातदोबाटो–बल्खु सडकमार्गमा पनि ज्याकाराण्डाको गुलजार देख्न सकिन्छ ।

सडक किनारामा हाँगा फिंजिएका रूखभरि नीलो फूल फुल्दा शहर सुन्दर, गुलजार बनेको छ ।

फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेहरू पनि उत्तिकै छन् । फूल खसेर भुईं समेत निलाम्य भएको छ । युरोप, अफ्रिका हुँदै ज्याकाराण्डा एशियाली मुलुकमा भित्रिएको मानिन्छ ।

 

 

 

ज्याकाराण्डा
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय