+

साफ महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

२०८३ जेठ  २ गते ९:५५ २०८३ जेठ २ गते ९:५५
साफ महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले मे २६ देखि गोवामा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।
  • नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् ।
  • नेपाल समूह ए मा भुटान र श्रीलंका सँग प्रतिस्पर्धा गर्नेछ र पहिलो खेल मे २६ मा भुटानसँग हुनेछ ।

२ जेठ, काठमाडौं । भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेलेगोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीङ्गा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसअघि बन्द प्रशिक्षणमा बोलाइएको ३५ खेलाडीबाट न्यौपानेले अन्तिम टोली छनोट गरेका हुन् ।

नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटको शल्यक्रियापछि हाल कतारमा रिह्याब गरिरहेकोले यस पटक नेपालको कप्तानी फेरि एन्जिलाले गर्ने भएकी छिन् ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलंका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।

राखेपले एन्फालाई निलम्बन गरेपछि महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्ने अन्योल भइरहेको बेला राखेपले शुक्रबार एन्फाको निलम्बन फुकूवा गरेपछि साफ च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।

२३ सदस्यी नेपाली टोली

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेण्डर : पूजा राना, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी

मिडफिल्डर : रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत,  अनिता लाम्जेल, अनिता केसी

फरवार्ड : रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा

साफ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय