+

मार्शको आक्रामक ब्याटिङमा लखनउले चेन्नईलाई हरायो

२०८३ जेठ  १ गते २३:३५ २०८३ जेठ १ गते २३:३५
मार्शको आक्रामक ब्याटिङमा लखनउले चेन्नईलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिचेल मार्शले ३८ बलमा ९० रन बनाएपछि लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ।
  • चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो, जसमा कार्तिक शर्माले सर्वाधिक ७१ रन बनाए ।
  • मार्शले ३८ बलमा ९० रन बनाएपछि लखनउले सहजै लक्ष्य पूरा गर्‍यो ।

१ जेठ, काठमाडौं । मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ९० रन बनाएपछि आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । मार्श ९० रनमा आउट भएपछि निकोलस पूरनले १७ बलमा अविजित ३२ रन बनाए ।

त्यसअघि जोश इङ्लिस ३६ रनमा आउट भए । मार्श र इङ्लिस मिलेर पहिलो विकेटका लागि ११.४ ओभरमै १३५ रनको साझेदारी गरेका थिए । त्यही साझेदारी जितको आधार बन्यो ।

चेन्नईका लागि मुकेश चौधरी र स्पेन्सर जोनसनले १-१ विकेट लिए । मार्श भने दुर्भाग्यपूर्ण तरिकाले नन स्ट्राइकमा रनआउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । कार्तिक शर्माले सर्वाधिक ७१ रन बनाए । उनले ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

शिवम दुबेले १६ बलमा अविजित ३२ रन बनाए । डेवाल्ड ब्रेभिसले २५, सन्जु सामसनले २० तथा रुतुराज गायक्वाड र प्रशान्त वीरले समान १३ रन बनाए ।

लखनउका लागि आकाश सिंहले ३ विकेट लिए भने मोहम्मद शामी र शाहबाज अहमदले १-१ विकेट लिए ।

प्रतियोगिताबाट बाहिरिसकेको लखनउले यो जितसँगै चेन्नईको प्लेअफ सम्भावनामा धक्का पुगेको छ ।

पुछारमा रहेको लखनउको १२ खेलमा ८ अंक भएको छ भने चेन्नई १२ खेलमा १२ अंकका साथ पाँचौंमा यथावत् छ ।

आईपीएल क्रिकेट चेन्नई सुपर किङ्स लखनउ सुपर जायन्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय