+

दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?

२०८३ जेठ  १ गते २०:२६ २०८३ जेठ १ गते २०:२६

निलम्बन फुकुवा गरेपछि मात्रै बैठक राख्ने अडान एन्फाले लिएपछि राखेप उक्त निर्णयमा पुगेको हो । यसले फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने खतरासमेत टरेको छ ।

दुई महिनापछि फुक्यो एन्फामाथिको निलम्बन, अब नेपाली फुटबल चलायमान होला ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले चैत ११ गते निलम्बन गरेको अखिल नेपाल फुटबल संघको निलम्बन १ जेठमा फुकुवा गरेको छ।
  • सरकार, फिफा र एन्फाबीच छलफलपछि निलम्बन फुकुवा गरिएको हो जसले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बचाएको छ।
  • निलम्बनका कारण रोकिएका प्रतियोगिता एन्फाले छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’ गर्न तम्सिएपछि चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईसहितको टोलीको छलफलपछि राखेप निलम्बन फुकुवा गर्न तयार भएको हो । सदस्य सचिव मेहताले नेपाली फुटबलको हितका लागि सरकारले फुकुवा गर्ने निर्णय गरेको बताए ।

राखेपले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियन फुटबल महासंघ (एएफसी) र एन्फासँग निलम्बनका विषयमा भर्चुअल छलफल गरेको थियो । उक्त छलफलमा ठोस निर्णय हुन नसकेपछि राखेपले भौतिक रूपमै संयुक्त बैठक डाक्न एन्फालाई प्रस्ताव गरेको थियो ।

तर, निलम्बन फुकुवा गरेपछि मात्रै बैठक राख्ने अडान एन्फाले लिएपछि राखेप उक्त निर्णयमा पुगेको हो । यसले फिफाबाट नेपाल प्रतिबन्धमा पर्ने खतरासमेत टरेको छ । यसअघि फिफाले निलम्बन फुकुवा नगरे प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको थियो ।

‘निलम्बन फुकुवा भएन भने फिफा-एएफसीसँग वार्ता नै नहुने भयो । निलम्बन भएको बेला त वार्तामा बस्न नमिल्ने रैछ । अब साफ च्याम्पियनसिप पनि छ । यी सबै विषयलाई हेरेर सरकारले फुकुवा गरेको हो,’ सदस्य सचिव मेहताले भने ।

राखेपले एन्फालाई पटकपटक अर्ली इलेक्सन स्थगित गरी तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, निर्देशनको अवज्ञा गरेपछि राखेपले निर्वाचनको २ दिनअघि चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।

एन्फा प्रवक्ता सुरेश शाहले सरकार र फिफासँग छलफल गरी समझदारी गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । ‘हाम्रो भर्चुअल मिटिङ पछाडि फिफाको आफ्नो कन्सर्न थियो नेपालको विषयलाई लिएर । त्यो बैठकमा भएको छलफल र फिफाले दिएको सुझावलाई समेट्दै अब सरकार, फिफा र एन्फा बसेर यो सबै विषयमा कसरी अगाडि जान सकिन्छ,’ उनले भने ।

राज्य र फिफाको नियम फरक हुँदा पनि अप्ठेरो पर्ने गरेको प्रवक्ता शाहले बताए । ‘हामीलाई बाध्यता के छ भने राष्ट्रिय स्तरमा राज्यको नियम मान्नुपर्छ भने अन्तर्राष्ट्रिय स्तरमा फिफाको नियम मान्नुपर्छ,’ उनले भने, ‘राज्य र फिफाबिच कतिपय जुधेका बुँदाहरु छन् । कसरी समेट्ने भन्नेबारेमा एकपटक छलफल गरेर निर्वाचन लगायत सबै विषय अगाडि बढाउँछौं ।’

निलम्बनको करिब २ महिना नेपाली फुटबल करिब शुन्यजस्तै भयो । एन्फा निलम्बन र विवादले महिला टोलीले थाइल्यान्डमा भएको फिफा सिरिज गुमाउन पुगे । घरेलु मैदानमा हुने हङकङसँगको मैत्रीपूर्ण खेलसमेत नेपाली खेलाडीले खेल्न पाएनन् । यस्तै स्थगित भएका एन्फा पुरुष तथा महिला लिगसमेत अलपत्र परे ।

रोकिएका प्रतियोगिता र आगामी गतिविधिबारे छलफल गरेर अगाडि बढ्ने शाहले प्रतिबद्धता जनाए । ‘पहिलो चरणमा त साफ छ । साफमा नेपाली टिम कसरी विजयी हुन सक्छ त्यो रणनीतिमा काम गर्छाैं,’ उनी भन्छन्, ‘रोकिएको प्रतियोगिताहरु छन् । त्यो विषयमा छलफल तथा समिक्षा गरेर निर्णय लिन्छौं ।’

राखेपले एन्फालाई पटकपटक अर्ली इलेक्सन स्थगित गरी तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, निर्देशनको अवज्ञा गरेपछि राखेपले निर्वाचनको २ दिनअघि चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।

‘सत्ताभोगी कुराभन्दा पनि फुटबल विकासतर्फ कसरी दिगोपनामा जाने भन्ने कुराहरूलाई प्रमुख प्राथमिकतामा राख्यो भने व्यवस्थापकीय हिसाबमा सुध्रिएर काम गर्न सकिन्छ ।’

त्यसपछि पनि एन्फा नेतृत्व निर्वाचन गर्ने अड्डी कस्दै झापा पुग्यो । अन्तिम समयमा एन्फाले निर्वाचन स्थगित गरी फर्किएको थियो । स्रोतकाअनुसार बिना सर्त भनिएपछि मौखिक रूपमा तहगत निर्वाचन गर्ने समझदारीका साथ राखेपले फुकुवा गरेको हो ।

‘सत्ताभोगी नभई फुटबलको विकासमा लाग्नुपर्छ’

नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा अब एन्फा नेतृत्व संयमित भएर फुटबलका हितमा लाग्नुपर्ने बताउँछन् । ‘रोकिएका प्रतियोगिताहरू छन् । कुन ढंगबाट लिएर जाने, हाम्रो रणनैतिक योजना के हुन्छ, नेपाली फुटबल कस्तो अवस्था जान्छ भन्ने कुराको योजना बनाउनुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।

सत्ताभोगी नभई फुटबलको विकासमा लाग्न लामाको सुझाव छ । उनी भन्छन्, ‘सत्ताभोगी कुराभन्दा पनि फुटबल विकासतर्फ कसरी दिगोपनामा जाने भन्ने कुराहरूलाई प्रमुख प्राथमिकतामा राख्यो भने व्यवस्थापकीय हिसाबमा सुध्रिएर काम गर्न सकिन्छ ।’

एन्फा निलम्बन नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय