+

स्लो ओभर रेटका कारण पाकिस्तानको ८ डब्लुटीसी अंक कटौती

२०८३ जेठ  १ गते १५:०३ २०८३ जेठ १ गते १५:०३
स्लो ओभर रेटका कारण पाकिस्तानको ८ डब्लुटीसी अंक कटौती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान क्रिकेट टोलीलाई बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा स्लो ओभर रेटका कारण कारबाही गरिएको छ ।
  • आईसीसीले प्रत्येक ओभर ढिलो हुँदा खेलाडीलाई खेल शुल्कको ५ प्रतिशत जरिवाना र विश्व टेस्ट च्याम्पियनसिपमा १ अंक कटौती हुने नियम लागू गरेको छ ।
  • पाकिस्तानका कप्तान शान मसूदले आरोप स्वीकार गरेका छन् ।

१ जेठ, काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टेस्ट खेलमा स्लो ओभर रेटका (ढिलो ओभर फ्याँकेको) कारण पाकिस्तान क्रिकेट टोलीलाई जरिवाना गरिएको छ ।

आइसीसीले पाकिस्तानलाई म्याच फीको ४० प्रतिशत जरिवाना र विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) बाट ८ अंक कटौती गरेको हो ।

खेलमा पाकिस्तान निर्धारित समयमा भन्दा ८ ओभर ढिलो रहेको पाइएको थियो । समय समायोजनपछि पनि टोली लक्ष्यभन्दा पछाडि परेको बताइएको छ ।

आईसीसीको नियमअनुसार प्रत्येक ओभर ढिलो भएमा खेलाडीलाई खेल शुल्कको ५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ ।

साथै विश्व टेस्ट च्याम्पियनसिपमा प्रत्येक ढिलो ओभरका लागि १ अंक कटौती हुने नियम छ ।

यो कारबाही एमिरेट्स आइसीसी एलीट प्यानलका म्याच रेफ्री जेफ क्रोले गरेका हुन् । पाकिस्तानका कप्तान शान मसूदले आरोप स्वीकार गरेपछि थप सुनुवाइ आवश्यक नपरेको जनाइएको छ ।

खेलका क्रममा अम्पायर रिचर्ड केटलबरो र कुमार धर्मसेना, तेस्रो अम्पायर अल्लाउद्दिन पालेकर र चौथो अम्पायर गाजी सोहेलले संयुक्त रूपमा आरोप दर्ता गरेका थिए ।

योसँगै पाकिस्तानको डब्लुटीसी अंक ३८ बाट घटेर ३० भएको छ ।

पाकिस्तान क्रिकेट विश्व टेस्ट च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय