+
+
Shares

लिग–२ : कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि ९ विकेटले जित हासिल गरेको छ।
  • कुशल भुर्तेलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेलेका थिए।
  • नेपालले ३६ ओभर ४ बलमा १९६ रनको लक्ष्य पूरा गर्‍यो र अब स्कटल्याण्डसँग खेल्नेछ।

२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

स्मितले शेहान जयसुरियासँग दोस्रोे विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५२ बलमा ५० रन बनाएर आउट भए । शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए ।

१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो । नेपाली बलर हाबी हुँदा अमेरिकी ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् ।

मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे ० रनमा आउट भए । शौरभ नेत्रभाल्कर ० रनमा अविजित रहे ।

बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एकएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?