+
+

भारतविरुद्ध बेलहिया नाकामा तरुण दलको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १८:३९

२७ कात्तिक, बुटवल । नेपाल तरुण दल रुपन्देहीले नेपाल भारत खुल्ला नाका बेलहियामै पुगेर प्रदर्शन गरेको छ ।

भारतीय हेपाहा प्रवृत्तिको विरोध र सरकार मौन बसेको भन्दै तरुण दलले रुपन्देहीको सीमा नाका बेलहियामा प्रदर्शन गरेको हो ।

लिपुलेक र कालापानीलगायतका क्षेत्र समेटेर भारतले प्रकाशित गरेको नक्सा सच्चाउन उसको आग्रह छ । ‘लिपुलेक कालापानी, भारतीय सेना गर दे खाली’, ‘कालापानी, लिपुलेक हाम्रै हो’लगायतका नारासहित तरुण दलले दशगजासँगै रहेको क्षेत्रमा प्रदर्शन गरे ।

नेपाल तरुण दल रुपन्देहीको नेतृत्वमा सयौंको संख्यामा सीमामा पुगेका तरुण दल आवद्ध युवाले भारतीय हेपाहा प्रवृत्तिको विरोध गरेका हुन् ।

अहिले पनि सरकारले विज्ञप्ति जारी गर्नु बाहेक नक्शा संशोधन र भारतीय सेना फिर्ताको कुनै पहल नगरेको तरुण दलको आरोप छ ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले भारत मात्र नभइ अन्य देशको समेत सीमा रक्षा गर्न जानेको नेपाली सेनाले आफ्नो देशको पनि सीमा रक्षा गर्नुपर्ने समय आएको बताए ।

उनले सरकारलाई देशको सीमा रक्षाको लागि सेना खटाउन समेत माग गरे । तरुण दलले भारत सरकारले नेपालीको आवाज नसुने आन्दोलन र प्रदर्शनलाई यो भन्दा पनि बढी चर्काउने चेतावनी दिएको छ ।

नेपाल भारत मैत्री संघका अध्यक्ष डा. शान्तकुमार शर्माले अतिक्रमित भूभाग नेपालमा फिर्ता नआएसम्म आन्दोलन नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?