+
+

महिला ह्याण्डबलमा नेपालको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ११:०३

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागि नेपालकी उमा राईले सर्वाधिक ८ गोल गरिन् । कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४-४ गोल गरे ।

रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी राईले समान १-१ गोल गरेका छन् ।

महिला ह्यान्डबलको अर्को खेल नेपालले शुक्रबार बंगलादेशसँग खेल्ने छ । ह्यान्डबलमा भुटानबाहेक ६ देश सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?