
२३ मंसिर, गुल्मी । गुल्मीको सत्यवतीमा रहेका दुई वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने २७० जना विद्यार्थीलाई चिसोबाट बच्नका लागि न्यानो कपडा स्विटर वितरण गरिएको छ ।
जिल्लाको सत्यवती गाउँपालिक–७ स्थित जुनिया माध्यमिक विद्यालय र हेमन्त आधारभूत विद्यालयमा अध्ययन गर्ने २७० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरिएको हो ।
इ–सेवा कार्यलय बुटवल र गुल्मी सेन्टरको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको इ–सेवा गुल्मीका जनक पन्थले जानकारी दिए ।
चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपानेको पहलमा असहाय तथा अशक्त विद्यार्थीहरुका लागि चिसो मौसममा पनि अध्ययनका लागि सहज होस् भनेर न्यानो कपडा स्विटर वितरण गरिएको उनले बताए ।
चिसो बढ्दै गइरहेको समयमा असहाय तथा अशक्त विद्यार्थीहरुलाई स्विटर वितरण गरेकोमा सहयोगी संस्थाहरुप्रति जुनिया माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले धन्यवाद दिएका थिए ।
प्रतिक्रिया 4